Comments Add Comment

अष्ट्रेलियाको ब्रिजबेनका दुई नेपाली हिरो

२१ जुलाई, अष्ट्रेलिया । प्रवासी जीवनको ब्यस्तता र कामको चटारो, कोही छैन फुर्सदमा । तर, यस्तो अवस्थामा पनि केही उत्साही युवाहरू प्रवासबाटै आफ्नो प्यासनलाई निरन्तरता दिइरहेका छन-‘त्यसो त जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै पनि हो । मनमा केही गर्ने संकल्प भयो भने प्रवास या देश केहीले पनि छेक्दैन रहेछ ।’ यसै भन्छन धिरेन थापा र स्वतन्त्रप्रताप शाह ।

सन् १९८९ मा अष्ट्रेलिया आएका धिरेन र २००४ मा अष्ट्रेलिया प्रवेश गरेका स्वतन्त्रप्रताप पहिलादेखि कै साथी हुन् । यी दुईले चलचित्र वा मोडलिङ एक साथ नगरेता पनि साथ र सहयोग भने यी दुईको जमेकै छ ।

धिरेन अष्ट्रेलिया आएदेखि नै ब्रीजबेनमा बसे भने स्वतन्त्रप्रताप सिड्नीमा ५ वर्ष बसेपछि बिगत ८ बर्षदेखि ब्रीबेनमा बस्दै आएका छन् ।

‘म यहाँ आउँदा सुरूमा ४/५ जना नेपालीहरू थिए होलान तर अहिले हजारौ भैसके । धेरै भोटो फटाइयो अष्ट्रेलियाको बिर्जबेनमा ।’ धिरेनले अतित सम्झिए ।

प्रवासी जीवनबाट बचेको समयमा धिरेनले नेपाल पुगेर तीन चलचित्रहरू थ्री लबर्स, ढुवानी र स्कुलमा अभिनय गरिसकेका छन भने स्वतन्त्रले दुई चलचित्र फेसबुक र मेरो भ्यालेन्टाईनमा आफ्नो क्षमता देखाई सकेका छन ।

चलचित्रमा काम गर्नु अगाडि धिरेनले थुप्रै म्यूजिक भिडियोहरूमा पनि आफ्नो उपस्थिति जनाइसकेका छन ।

अष्ट्रेलियामा बनाना किंगको रूपले पनि चिनिने धिरेन एक समय केराको ठूलै ब्यापारी थिए भने अहिले उनले त्यो ब्यापारलाई प|mुट शपको रूपमा बिस्तार गरेका छन । यता अर्का कलाकार स्वतन्त्र रेष्टुरेन्ट, ट्राभल्स र एजुकेशन क्षेत्रमा सक्रिय छन् ।

यति मात्र होईन कि अष्ट्रेलियाको बिर्जबेनमा हुने नेपाली सांगितिक कार्यक्रम होस या नेपाली चलचित्र प्रदर्शनी कै कार्यक्रम किन नहोस ? यो क्षेत्रलाई बिस्तार गर्ने मामिलामा यी दुईको योगदानको तारिफ खुलेर नै हुने गर्छ ।

आफ्नो कार्यसंगै सामाजिक उत्तरदायित्वलाई पनि बहन गर्दै अगाडि बढेका धिरेन र स्वतन्त्रप्रतापलाई ब्रीजबेनका नेपालीहरूले चलचित्रको मात्र होइन कि समाजकै हिरोको रूपमा लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment