Comments Add Comment

बैतडीमा स्थानीय तहमा कर्मचारी खटाउने तयारी

६ साउन, बैतडी । बैतडीका १० वटै स्थानीय तहमा कर्मचारी खटाउनका लागि कर्मचारीको विवरण तयार पारिने भएको छ ।

कार्यालय प्रमुखको बिहीबार बसेको बैठकले स्थानीय तहमा कर्मचारी पठाउनका लागि सम्बन्धित विषयगत कार्यालयको समन्वयमा कर्मचारी खटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।

यस्तै, जिल्लामा बालविवाह न्यूनीकरणका लागि यसअघि भएका निर्णयलाई कार्यान्वयन गर्दै कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय भएको उनले बताए ।

साथै, बर्षातको समयमा हुनसक्ने बाढीपहिरोका घटनालाई न्यूनीकरण गर्नका लागि आवश्यक पूर्वतयारी गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

वर्षातको समयमा सेवाप्रवाहमा समस्या नपर्ने हिसाबले मात्रै कर्मचारी बिदामा वा काजमा बस्न पाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment