Comments Add Comment

‘फिल्म क्षेत्रका स्क्यान्डल’: अश्लिल भिडियोदेखि प्रेमिकाको अफरसम्म’


ग्ल्यामर दुनियाँ स्क्यान्डलबाट बाहिर रहनै सक्दैन । विश्वका हरेक ग्ल्यामर नगरी स्क्यान्डल, गसिपबाट अछुतो छैनन् । नायिकाका टपलेस तस्बिरदेखि अश्लिल भिडियोसम्म सार्वजनिक भएका छन् ।

नेपाली चलचित्र पनि लामो समयदेखि यस्तै खालका स्क्यान्डलमा फसिरहेको छ । कोही अन्जानमा त कोही वुझेरै, यस्ता खालका स्क्यान्डलमा फस्ने गरेका छन् ।

असार तेश्रो सातादेखि नेपाली चलचित्र क्षेत्रमा पनि यस्ता खालका स्क्यान्डल एकपछि अर्को रुपमा सार्वजनिक भैरहेको छ । जसले, नेपाली चलचित्र क्षेत्रलाई उकालोतर्फ लैजाने भन्दा ओरोलो तर्फ धकेल्ने काम गरिरहेको छ । आज हामी, नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय तरंगित बनेका केही घटनाहरुलाई यहाँ प्रस्तुत गर्दैछौः

१. एक नायिकाको अश्लिल भिडियो भन्दै धेरैका मोबाइलमा भिडियो पुग्यो । २ महिना अगाडि एउटा पोर्न साइटमा अपलोड गरिएको अश्लिल भिडियो नेपालकी एक नायिकाको भन्दै चर्चा गरियो । उक्त भिडियो नेपाली नायिकाको हो या होइन भन्ने पुष्टी हुन सकेन । तर, उक्त भिडियोले नायिका प्रहरीसम्म पुगिन् ।

२. विदेशमा आयोजना भएको एक अवार्ड समारोहमा पुगेका एक नायक र एक नायिकाको एउटा तस्बिरले पनि चलचित्र क्षेत्र भित्र हंगामा मच्चायो । तर, उक्त फोटो मिडियामा भने सार्वजनिक भएन । नायक र नायिका एउटै विस्तारमा निदाएको तस्बिरले धेरै दिन चलचित्र क्षेत्रलाई तरंगित बनाएको थियो ।

३. नायिका श्रृष्टी श्रेष्ठको नाडीमा लागेको चोट पनि नेपाली चलचित्र क्षेत्रलाई तरंगित बनाउने एउटा घटना बन्यो । श्रृष्टी केही दिन अस्पतालमा भर्ना भइन् । कतै श्रृष्टीले सुसाइड गर्न लागेको भन्दै चर्चा गरियो त कतै श्रृष्टीको दराज लडेर हात भाच्चिएको उनका प्रेमी सौगात मल्लले स्पष्टिकरण दिए । तर, जे भएपनि श्रृष्टीको घाउले नेपाली चलचित्र क्षेत्रलाई दुखायो ।

४. मोडल सुजना ढकालको एउटा न्यूड तस्बिरले पनि केही दिन चर्चा पायो । राष्ट्रिय पत्रिकाहरुमा समेत तस्बिरले चर्चा पायो । सुजनाको फेसबुकबाटै सार्वजनिक भएको न्यूड तस्बिर केही मिनेटमै हटाइयो । सुजनाले मोबाइल हराएकाले कसैले फोटो लिक गरिदिएको भन्दै मिडियामा अभिव्यक्ति दिइन् । तर, यो तस्बिर सार्वजनिक प्रकरणले चलचित्र क्षेत्रलाई घाटा लाग्यो ।

५. छायांकनको क्रममा रहेको चलचित्र ‘लाउरे’बाट निर्देशक निगम श्रेष्ठ निकालिए । निगम निस्किएपछि यसको कारण के हो भन्ने खोजी केही समय भयो । निगम निर्माणपक्षको सहमतीमै चलचित्रबाट निस्किएको चर्चा भयो । तर, पछि निगम र चलचित्रकी नव-नायिका मिरुना मगरविचको लफडाका कारण उनलाई चलचित्रबाट निकालिएको खबर सार्वजनिक भयो । नायिका र निर्देशकको लफडाले फेरि चलचित्र क्षेत्रलाई तरंगित बनाइदियो । यो घटनाले पनि चलचित्रलाई ओरोलो नै लगाउने काम गर्‍यो ।

६. बिहिबारमात्र चलचित्र ‘सायद २’की नायिका स्यारोन श्रेष्ठले निर्माता सुनिल रावलले आफूलाई प्रेमिका बन्न अफर गरेको भन्दै पत्रकार सम्मेलन गरिन् । सुनिलले आफूलाई पारिश्रमिक नदिएको, प्रेमिका बन्न अफर गरेको, एयर होस्टेज बनाइदिन्छु भनेको भन्दै स्यारोनले आरोप लगाइन् । स्यारोनले लगाएको यो आरोप झुटो भएको सुनिलले प्रतिक्रिया दिए । उनले स्यारोनले आफूसँग माफी समेत माग्नुपर्ने बताए । स्यारोन र सुनिलविचको यो दोहोरीले चलचित्र क्षेत्रमा अर्को खैलाबैला मच्चायो ।

नेपाली चलचित्र क्षेत्र पछिल्लो समय विस्तारै उकालो लाग्ने बाटोमा छ । तर, चलचित्र क्षेत्रका हरेक विधाका कलाकर्मी सजग नबन्ने हो भने, यो फेरि बदनामको बाटोमा जाने पक्का छ ।

आफूलाई कलाकर्मी हुँ भनेर राज्यबाट धेरै सुविधाको अपेक्षा गर्ने चलचित्रकर्मीले आफ्नो दायित्व समाज र आम दर्शकप्रति के छ भन्ने पनि वुझ्न आवश्यक छ । चलचित्रकर्मीले गर्ने साना-साना गल्तीले पनि समाजलाई ठूलो असर पुर्‍याउने गरेको छ । यो बिषयमा चलचित्रकर्मी सजग नहुने हो भने हरेक वर्गको चासो बन्न थालेको चलचित्र क्षेत्र फेरि सिमित क्षेत्र भित्र खुम्चनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment