Comments Add Comment

गाईको पेटमा लुकेको छ एड्सको उपचार !

अमेरिकी शोधकर्ताहरुका अनुसार एचआइभी एड्स विरुद्धको खोप बनाउनमा गाई निकै सहयोगी सावित हुन सक्दछ ।

रोग प्रतिरोधी प्रणालीको रुपमा गाईले लगातार यस्ता विशेष एन्टीबडीज उत्पादन गर्दछ जसको माध्यमबाट एड्सका भाइरसलाई निर्मूल पार्न सकिन्छ ।

गाइको जटिल तथा ब्याक्टेरियायुक्त पाचन तन्त्रको कारणले गाईमा प्रतिरक्षा प्रणाली उच्चतहमा विकशित भएको हुन्छ ।

अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ हेल्थले यस नयाँ जानकारीलाई निकै फलदायी ठहराएको छ ।

एचआइभी नामक भाइरस एक घातक भाइरस हो जसले यति तीब्र रुपमा आफ्नो स्थिति बदल्छ कि भाइरसलाई मानिसको प्रतिरक्षा प्रणालीमा हमला गर्ने मार्ग प्रसस्त हुन्छ । एचआइभीले आफ्नो उपस्थितिलाई बदलिरहन सक्दछ ।

यस्तोमा एक भ्याक्सिनले विरामीको रोग प्रतिरोधक प्रणालीलाई विकसित गर्न सक्दछ र मानिसलाई संक्रमणको प्रारम्भिक अवस्थामै जोगाउन सक्दछ ।

गाईको योगदान

इन्टरनेसनल एड्स भ्याक्सिन इनिसिएटिभ तथा द स्त्रिmप्स रिसर्च इन्स्िटच्यूटले गाइको प्रतिरक्षा क्षमताको विषयमा परीक्षण सुरु गरे ।

एक शोधकर्ता डाक्टर डेभिन सोकले बीबीसीलाई भनेका छन्, ‘यसको परिणामले हामीलाई अचम्ममा पारेको छ ।’

जरुरी एन्टीबडीहरु गाइको प्रतिरक्षा प्रणालीले केही हप्तामै बनाउँदछ ।

डाक्टर सोक भन्छन्, ‘यो निकै नै खुसी तुल्याउने मौका थियो । मानिसमा यस्तो एन्टीबडी विकसित हुनलाई करीब ३ देखि ५ वर्षसम्म लाग्छ ।’

उनी अगाडि भन्छन्, ‘यो निकै महत्वपूर्ण यसकारण पनि छ की यसभन्दा पहिले यो यति सजिलो लागिरहेको थिएन । एचआइभीको उपचारमा गाइको योगदान हुनसक्छ भन्ने कसलाई थाहा थियो र ?’

चुनौति

नेचर जर्नलमा प्रकाशित शोध अनुसार गाइको एन्टीबडीहरुबाट एचआइभीको असरलाई ४२ दिनमै २० प्रतिशत सम्म कम गर्न सकिन्छ ।

प्रयोगशाला परीक्षणमा यो पत्ता लागेको छ की ३ सय ८१ दिनमा यो एन्टीबडीले एचआइभीलाई ९६ प्रतिशत सम्म नष्ट गरिदिन सक्दछ ।

अर्का शोधकर्ता डाक्टर डेनिस बर्टननले यस अध्ययनबाट प्राप्त जानकारीहरु निकै उत्तम छन् । उनी भन्छन्, ‘मानिसको तुलनामा जनावरका एन्टीबडीहरु निकै फरक हुन्छन् र एचआइभीलाई नष्ट गर्ने क्षमता राख्दछन् ।’

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment