Comments Add Comment

यस्तो सरकारी कार्यालय, जहाँ कर्मचारीले हेलमेट लगाएर काम गर्छन्

दुई पांग्रे सवारी साधन चलाउने वा चढ्ने र भौतिक निर्माणस्थलमा काम गर्ने मानिसहरु लगायतले टाउकोमा हेलमेट लगाउनु त स्वभाविकै हो । तर एउटा यस्तो सरकारी अफिस छ जहाँ अफिसभित्र काम गर्दा समेत हरेक कर्मचारीले हेलमेट लगाउँछन् ।

भारतको बिहार राज्यमा पर्ने पश्चिमी चम्पारणस्थित अरेराज प्रखण्डको भूमि तथ्यांक कार्यालयका कर्मचारीहरु दिनहुँ अफिस आउँदा हेलमेट लगाएर आउँछन् र हेलमेट लगाएरै दिनभरी काम गर्दछन् ।

कर्मचारीहरुले अफिसभित्र समेत हेलमेट लगाएर काम गर्नुको कारण रोचक छ । उनीहरु हेलमेट प्रेमी भएर त्यसो गरेका होइनन् आफ्नो ज्यान जोगाउन त्यसो गरेका रहेछन् ।

कर्मचारीहरुका अनुसार त्यहाँ जुनबेला जेपनि हुन सक्छ । कार्यालयको भवन जीर्ण छ । कतिबेला ढल्ने हो भन्ने खालको छ अफिसको भवन । भित्ताहरु छर्किएका छन् भने वषर्ातमा छानोबाट पानी चुहेर कोठाभित्र काम गर्नै गाह्रो छ । तरपनि आखिर सरकारी नुन खाएपछि काम त गर्नैपर्यो । त्यसैले कर्मचारीहरु ज्यान हत्केलामा राखेर भएपनि काम गरिरहेका छन् ।

अकस्मात छत वा भित्ताका ढुंगाहरु खसेर टाउकोमा चोट नलागोस् भनेर उनीहरुले सधै हेलमेट लगाएर काम गर्दछन् । तर विचराहरु यदि घर नै भत्कियो भने त ऐया भन्न पनि नपाउनेवाला रहेछन् ।

कर्मचारी मात्र कहाँ हो र ? उक्त कार्यालयमा काम लिएर जाने सेवाग्राहीहरु पनि हेलमेट लगाएरै जान्छन् ।

आर्थिक रुपमा विश्वको महाशक्ति हुँ भन्ने भारतको एउटा सरकारी अफिसको यो दर्दनाक कथाले सायद त्यो महाशक्तिलाई गिज्याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment