Comments Add Comment

म्यान्चेस्टर युनाइटेडले शहरीय प्रतिद्वन्द्वी सिटीलाई २-० ले हरायो

रोमेलु लुकाकुको शानदार गोल

काठमाडौं । एभर्टनबाट ७५ मिलियन पाउण्डमा हालै म्यान्चेस्टर युनाइटेड गएका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुमाथि लाग्ने गरेको ठूलो आरोप के हो भने उनी ठूला क्लवबिरुद्ध गोल गर्न असफल रहन्छन् ।

तर अमेरिकाको हृयुस्टनस्थित एनआरजी रंगशालामा सम्पन्न म्यान्चेस्टर डर्वीमा शानदार गोल गर्दै उनले त्यस आरोपको व्यवहारिक खण्डन गरेका छन् । युरोपेली क्लवहरु अहिले पि्र-सिजन टूरका लागि अमेरिकामा छन् ।

म्यान्चेस्टर युनाइटेड आएपछि लुकाकुको यो दोस्रो गोल हो । र, अपेक्षा छ कि म्यान्चेस्टर सिटीबिरुद्धको सबै तथ्यहरु आगामी दिनमा सुखद हुनेछन् । लुकाकुको पहिलो गोल रियल साल्ट लेकबिरुद्ध थियो । तर सबैभन्दा ठूलो शहरीया प्रतिद्वन्दीबिरुद्धको खेलको प्रदर्शन भने उनका लागि बिशेष रहनेछ ।

निश्चित रुपमा यो प्रि-सिजन हो । सिटीका लागि यो पहिलो खेल थियो र उसले तीन नयाँ खेलाडीलाई पहिलो पटक मैदानमा उतारेको थियो । उनीहरुले शतप्रतिशत प्रदर्शन गर्न नसक्दा सिटीले हार्न पुग्यो ।

मार्कोस राशफोर्डले अग्रता दोब्बर बनाएपछि सिटी खेलमा फर्कनै सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment