Comments Add Comment

डडेल्धुरामा ६० करोड बजेट फ्रिज

६ साउन। डडेल्धुरा । जिल्लामा गत आर्थिक वर्ष २०७३/०७४ का लागि आएको कुल वार्षिक बजेटमध्ये ५९ करोड ९६ लाख ४२ हजार ७ सय ५८ रुपायाँ फ्रिज भएको छ ।

विभिन्न सरकारी कार्यालय मार्फत खर्च हुने गरी आर्थिक वर्ष २०७३/०७४ का लागि आएको वार्षिक बजेट मध्ये १५ दशमलव ३ प्रतिशत बजेट फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्लाका लागि चालु र पुँजीगत गरी कुल वार्षिक बजेट ३ अर्ब ९१ करोड ८४ लाख ३६ हजार ४५ रुपैयाँ प्राप्त भएकोमा ३ अर्ब ३१ कारोड ८७ लाख ९३ हजार अर्थात ८४ दशमलव ७ प्रतिशत बजेट खर्च भएको छ भने ५९ करोड ९६ लाख ४२ हजार ७ सय ५८ रुपायाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराका प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद जोशीले जानकारी दिए ।

चालु बजेट तर्फ जिल्लाका १३ वटा कार्यालयले सबै बजेट खर्च गरेका छन् । शतप्रतिशत बजेट खर्च गर्ने कार्यालयहरुमा निर्वाचन अधिकृतको कार्यालय परशुराम, निर्वाचन अधिकृतको कार्यालय आलिताल, निर्वाचन अधिकृतको कार्यालय नवदुर्गा, गरुड दल गण दह, अमरगढी नगरपालिका रहेका छन् ।

यस्तै जिल्ला प्रविधिक कार्यालय, परशुराम नगरपालिका जोगबुडा, आलिताल गाउँपलिका, भागेश्वर गाउँपालिका, नगदुर्गा गाउँपालिका, अजयमेरु गाउँपालिका, गन्यापधुरा गाउँपालिका र परशुराम नगर कार्यपालिकाको कार्यालय रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालु बजेट तर्फ जिल्लामा सबै भन्दा बढी साविकको जिल्ला विकास समितिको कार्यालयको बजेट पि|mज भएको छ ।

हालको जिल्ला समन्वय समितिको ३३ दशमलव ६७ प्रतिशत बजेट फ्रिज भएको जनाइएको छ ।

गत आर्थिक वर्षमा निर्वाचनका कार्यालय थपिएकाले बढी बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराका प्रमुख कोष नियन्त्रक जोशीले बताए ।

समयमै अख्तियारी नआउनु र असारमा बजेट आउनुले बढी बजेट फ्रिज भएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment