Comments Add Comment

डडेलधुरामा निःशुल्क स्वास्थ्य भवन बनाउँदै बेल्जियमका विद्यार्थी

६ साउन, डेल्धुरा । बेल्जियमका १२ जना विद्यार्थीले डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पताल परिसरमा कुष्ठरोग र क्षयरोगको उपचारका लागि स्वास्थ्य भवन निर्माण कार्य सुरु गरेका छन् ।

विद्यार्थीहरु दामियन फाउण्डेशन बेल्जियम नेपालको आर्थिक सहयोगमा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ८ कोठे भवन बनाउन लागेका हुन् ।

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा निर्माण भइरहेको उक्त भवनको निर्माणका लागि विद्यार्थीले आफै काम गर्ने गरेका छन् ।

भवन निर्माण अवधिभर विद्यार्थीले निःशुल्क काम गर्ने फाउण्डेशन नेपालका निर्देशक डा.सुरेश कोइरालाले बताए । भवन निर्माणका लागि अस्पताल र फाउण्डेशनवीचमा द्विपक्षीय हस्ताक्षर भएको थियो ।

प्रदेश नम्बर सातका ७ पहाडी जिल्लाका बिरामीको उपचार केन्ऽका रुपमा भवन निर्माण भइरहेको उपक्षेत्रीय अस्पताल डडेल्धुरा विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment