Comments Add Comment

दोश्रो सातामा ‘म यस्तो गीत गाउँछु’, मोफसलमा पल र पूजा


गत शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ आजबाट दोश्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार र शनिबार बम्पर व्यापार गरेको चलचित्रले आइतबारबाट पनि आफ्नो कमाइलाई लोभलाग्दो तरिकाले अगाडि बढाएको थियो ।

चलचित्रको एक सातामै लगानी उठिसकेको र आफूहरु नाफामा रहेको निर्माता तथा निर्देशक सुदर्शन थापाले बताएका छन् । चलचित्र सफल भएपछि दर्शकलाई धन्यवाद दिन र प्रतिक्रिया वुझ्न यसका निर्देशक सुदर्शन थापा, नायिका तथा निर्मात्री पूजा शर्मा, नायक पल शाह लगायतको टिम यतिबेला मोफसलको दौडमा छन् । दमौलीबाट सुरु भएको यात्रा पोखरा, वुटवल, चितवनहुदै हेटौडासम्म पुग्नेछ ।

काठमाण्डौ बाहिर दोश्रो सातामा पनि चलचित्रको व्यापार सुखद रहेको मोफसलमा दौडमा रहेकी निर्मात्री तथा नायिका पूजा शर्माले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment