Comments Add Comment

पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज

६ साउन, काठमाडौं । गत बुधवार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउँसो तीन बजे अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

पूर्व राजा ज्ञानेन्द्रको मुटुमा समस्या देखिएपछि उनी गत बुधवार अस्पताल भर्ना भएका थिए । डा. यादवदेव भट्ट लगायतको टिमले उनको बुधवार विहान कोलोनरी एन्जियोप्लाष्टी गरेको थियो । उनको मुटुको एउटा धमनीमा ८० देखि ८५ अवरोध देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment