Comments Add Comment

नेपाल आईकाओको ‘गम्भीर सुरक्षा चासोको सूची’बाट हट्यो, ईयूको कालोसूचीमा कायमै


६ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उडडयन् संघ (आईकाओ) ले सन् २०१३ देखि नेपालमाथि लगाएको गम्भिर सुरक्षा चासो (एसएससी)को सूचीबाट हटाएको छ ।

आईकाओको हिजो बसेको बैैठकले नेपाललाई गम्भिर सुरक्षा चासोबाट हटाउने निर्णय गरेको हो । शुक्रबार एक पत्रकार सम्मेलन गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल आइकाओको गम्भीर सुरक्षा चासोको सूचीबाट हटेको जानकारी दिएको हो ।

आइकाओको दुई सदस्य टोली आएर जुलाई ४ देखि ११ तारिखसम्म चारओटा क्षेत्रमा अध्ययन गरेको थियो । प्राधिकरणका अनुसार उक्त टोलिले हवाई कानुन, नागरिक उड्डयन संघ, वायुयान सञ्चालन र उडान योग्यताको अध्ययन गरेको थियो ।

साथै सोहि तोलिले उडान सुरक्षा सुपरीवेक्षणको प्रभावकारिता सम्बन्धमा अध्ययन गर्न नेपाल बायुसेवा निगम र हिमालय एयरलाइन्सको समेत निरीक्षण गरेको थियो ।

यही अध्ययन टोलिले बनाएको रिपोर्टको आधारमा बिहीबार बसेको आइकाओको बैंठकले नेपाललाई गम्भिर सुरक्षा चासोको सूचीबाट हटाएको हो ।

सन् १९९६ मा सम्पन्न आईकाओको ३२ औ बैठकले बिश्वब्यापी उडान सुरक्षा सुपरीवेक्षण अडिटको अवधारणालाई स्वीकृत गरेपछि १९९९ देखि अडिट कार्यक्रम सुरु भएको थियो ।

अडिटकै क्रममा नेपाल सन् २०१३ मा आईकाओको गम्भिर सुरक्षा चासोको सूचीमा परेको थियो । प्राधिकरणका महाप्रवन्धक सञ्जीव गौतमले आईकाओको गम्भिर सुरक्षा चासोको सूचीबाट हटेपनि युरोपियन युनियनको कालोसूचीबाट भने हट्न बाँकी रहेको बताए ।

‘यही रिपोर्टका आधारमा ईयूलाई पनि कालोसूचीबाट हटाउन आग्रह गरिनेछ’ उनले भने,’यही रिपोर्टका आधारमा युरोपियन युनियनले कालोसूचीबाट हटाउने सम्भावना कम छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment