Comments Add Comment

कांग्रेसले ‘सेटव्याक’ खायो, जीवन मरणको सवाल छः देउवा

६ साउन, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा आफ्नो पार्टीले ‘सेट व्याक’ खाएको टिप्पणी गरेका छन् । उनले आगामी चुनावमा पनि जीवन मरणको सवाल रहेको बताएका छन् ।

३५ औं वीपी स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा देउवाले भने, ‘स्थानीय तहको चुनावमा हाम्रो पार्टीलाई केही सेटव्याक भएको छ । हाम्रो पार्टीमा जीवन मरणको कुरा छ ।’

पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा पार्टीले व्यहोरेको क्षतिलाई आगामी असोज २ गते निर्धारित तेस्रो चरणको चुनावबाट पूर्ति गर्ने देउवाले बताए । सिंगै मुलुकलाई प्रजातान्त्रिकरण गर्न पनि कांग्रेस विजयी हुनुको विकल्प नरहेको भन्दै उनले भने, ‘त्यसको क्षतिपूर्ति दुई नम्बरको चुनावबाट गर्ने कोशिस गर्छौं । लोकतान्त्रिक प्रजातान्त्रिक विचार भएको पार्टीको विजय हुनु जरुरी छ ।’

प्रधानमन्त्री देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणाको तयारी भइरहेको जानकारी पनि दिएका छन् । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि मात्रै मुलुक स्थायी रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्ने उनको धारणा छ ।

देउवाले भने, ‘दुई नम्बरको स्थानीय चुनाव हुन बाँकी छ । त्यसपछाडि प्रान्त र केन्द्रको चुनाव हुन्छ । अब यो चुनावको मिति छिटै घोषणा हुनेछ । यो चुनाव गराइसकेपछि नेपालको संविधानको औपचारिक कार्यान्वयनको गति बढ्नेछ र देश संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थायी रुपमा अगाडि बढ्नेछ ।’

कार्यक्रममा प्रधानमन्त्री देउवाले गिरीजाप्रसाद कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानलाई समेटेर तयार पारिएको विशेशांक ‘चिन्तन’को विमोचन पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment