Comments Add Comment

सुर्खेतमा सवा एक अर्बभन्दा बढी बजेट फ्रिज, सडक डिभिजनको झण्डै ३१ करोड फिर्ता

द्वन्द्वपीडितले राहत पाएनन्

६ साउन, सुर्खेत । आर्थिक वर्ष ०७३/७४ मा सुर्खेतका विभिन्न कार्यालयबाट काम हुन नसकी सवा एक अर्बभन्दा बढी रकम फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय सुर्खेतका अनुसार १ अर्ब ३० करोड २० लाख रुपैयाँ फ्रिज भएको हो ।

सुर्खेतमा सबैभन्दा बढी सडक डिभिजन कार्यालयको ३० करोड ९५ लाख ७५ हजार रुपैयाँ बजेट फिर्ता भएको छ ।

ठूला विकासे कार्यालयहरुले समयमा बजेट खर्च गर्न नसक्दा कुल बजेटको १३ प्रतिशतभन्दा बढी रकम फिर्ता भएको छ । जिल्लाको कुल बजेट १२ अर्ब २१ करोड १९ लाख १२ हजार रहेकोमा १० अर्ब ९० करोड ४९ लाख रुपैयाँ मात्र खर्च भएको कार्यालयका सूचना अधिकारी लोक प्रसाद पौडेलले जानकारी दिए । पुँजीगत तर्फ ४ अर्ब ८८ करोड १६ लाख ४१ हजार विनियोजन भएकोमा ४ अर्ब १७ करोड ३३ लाख रुपैयाँ मात्र खर्च भएको पौडेलको भनाइ छ ।

चालु तर्फ ७ अर्ब ३३ करोड २ लाख ९६ हजार रुपैयाँ बजेट छुट्याइएकोमा ६ अर्ब ७३ करोड ६४ लाख ८१ हजार रुपैयाँ खर्च भएको छ ।

द्वन्द्व पीडितको राहत समेत वितरण भएन

द्वन्द्वपीडितको राहत स्वरुप आएको आठ करोड भन्दा बढी रकम समेत वितरण नभइ फ्रिज भएको छ । राहतको लागि भन्दै २० करोड ४० लाख ६४ हजार रूपैयाँ बजेट छुट्याइएको थियो तर, आठ करोड १० लाख ८३ हजार पाँच सय रुपैयाँ फ्रिज भएको स्थानीय शान्ति समिति सुर्खेतले जनाएको छ ।

विभिन्न कारणले गर्दा पीडितहरु राहत रकम लिन सम्पर्कमा नआएको र बजेट पनि अन्तिम समयमा आएकाले वितरण हुन नसकेको शान्ति समिति संयोजक मोहन थापाले बताए ।

सुर्खेतमा ३ सय ३६ मृतक, ८ सय ५२ विस्थापित, १२ जना अपहरण र बेपत्ता पारिएका २२ जना द्वन्द्वपीडितहरु रहेकोमा ७ सय ९१ जनाले रकम प्राप्त गरेका छन् ।सबैभन्दा बढी विस्थापित, मृतक र वेपत्ता पारिएकाहरुको शीर्षकमा आएको रकम फ्रिज भएको छ ।

४ करोड १० लाख ५० हजार रकम विस्थापितका लागि प्राप्त भएको थियो । त्यसमध्ये २ करोड ८१ लाख ५८ हजार पाँच सय रकम फ्रिज भएको छ ।

सुर्खेतका जम्मा २ सय ४० जना मृतकका लागि आएको रकममध्ये ४ करोड ४२ लाख र २२ जना वेपत्तामध्ये १३ जनाका लागि १ करोड १२ लाख रकम आएको मध्ये ४७ लाख फ्रिज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment