Comments Add Comment

मुगुमा ४२ करोड बजेट फ्रिज

६ साउन, मुगु । गत आर्थिक वर्षमा मुगुका विभिन्न सरकारी कार्यालयलाई आएको बजेटमध्ये ४२ करोड ८९ लाख रुपैयाँ फ्रिज भएको छ । चालुतर्फ २३ करोड ६० लाख र पुँजीगततर्फ १८ करोड ९७ लाख रुपैयाँ फ्रिज भएको छ ।

जिल्लामा चालुतर्फ १ अर्ब ८४ करोड २५ लाख र पुँजीगततर्फ ६९ करोड ९० लाख निकासा भएको थियो ।

जिल्लाका २६ वटा सरकारी कार्यालयमध्ये सबैभन्दा बढी जिल्ला समन्वय समितिको ९ करोड, प्राविधिक कार्यालयको १ करोड ६६ लाख र जिल्ला स्वास्थ्य कार्यालयको ३ करोड रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक नन्दप्रसाद पाण्डेयले जानकारी दिए ।

त्यस्तै ड्रिलिप प्रोजेक्टको ३ करोड बजेट फ्रिज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment