Comments Add Comment

जिसस गुल्मीको साढे ३ करोड रकम फ्रिज


६ साउन, गुल्मी । जिल्ला समन्वय समिति जिसस गुल्मीको आर्थिक वर्ष २०७३/०७४ को ३ करोड भन्दा बढी रकम  फ्रिज भएको छ ।

समन्वय समितिले शुक्रवार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठले चाल र पूँजिगत तर्फको ३ करोड ५५ लाख ७७ हजार ८ सय ४८ रुपयाँ रकम  फ्रिज भएको जानकारी दिइन ।

जिल्ला समन्वय समिति गुल्मीको लागि चालु र पूँजिगत गरी १ अर्ब ५७ करोड २८ लाख ६ हजार ५ सय ९१ रकम बिनियोजन भएको थियो ।

कुल बजेटको १ अर्ब ४९ करोड ३१ लाख ३५ हजार ५ सय ९३ रुपैयाँ रकम खर्च भएको जिल्ला समन्वय समिति गुल्मीले जनाएको छ ।

समितिले कुल बजेटको ९४.९३ प्रतिशत रकम खर्च गरेको छ । कुल बजेटको ८७ लाख ४५ हजार ४ सय ५ रुपैयाँ बेरुजु रकम रहेको छ ।

चालु तर्फ १ अर्ब करोड ३७ करोड ५७ लाख ४ हजार ७ सय ६८ रुपैयाँ मध्ये १ अर्ब १२ करोड १३ लाख १७ हजार ७ सय ७१ रुपैयाँ रकम खर्च भएको छ ।

चालु तर्फ कुल बजेटको ९८.५७ प्रतिशत खर्च भएको छ । चालुतर्फ १ करोड ३४ लाख ७ हजार ७४ रुपैयाँ  फ्रिज भएको छ भने ४८ लाख ५८ हजार २९ रुपैयाँ बेरुजु रकम रहेको छ ।

समन्य समितिको पूँजिगत तर्फ ४३ करोड ५२ लाख ३१ हजार ८ सय २३ रुपैयाँ मध्ये ३७ करोड १८ लाख १७ हजार ८ सय २२ रुपयाँ खर्च भएको समन्वय समिति गुल्मीले जनाएको छ ।

चालुतर्फ कुल बजेटको ८५.४३ प्रतिशत खर्च भएको छ । पूँजिगत तर्फ २२ करोड १७ लाख ७ सय ७४ रुपैयाँ  फ्रिज भएको छ भने ३९ लाख ३९ हजार ५ सय ७६ रुपयाँ बेरुजु रकम रहेको छ ।

यो वर्ष काम पूरा भएका र काम जति भएको छ त्यसको आधारमा बजेट निकासा दिएकाले धेरै शीर्षकहरुमा रकम  फ्रिज भएको स्थानीय बिकास अधिकारी श्रेष्ठले बताइन । जिल्लामा काम नगरी बजेट लैजाने प्रबृति कम हुँदै गएको श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment