६ साउन, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले विपी कोइरालाको योगदानलाई बेवास्ता गर्दा मुलुक अतिराष्ट्रवादको चपेटामा परेको टिप्पणी गरेका छन् । उनले कांग्रेसलाई विपी कोइरालाको योगदानलाई कदर गर्न जनताको घरदैलोमा जान सुझाव पनि दिए ।
विपी कोइरालाको ३५ औं समृद्धि दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले चरणवद्ध चनाव हुँदा पनि कांग्रेस जनतामा नगएकाले मुलुकको राष्ट्रियता कमजोर बन्न पुगेको धारणा राखे ।
विपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई स्मरण गरेमात्र पनि मुलुकका सबै समस्या समाधान हुने दावी समेत गरे ।
पूर्व राष्ट्रपति यादवले वीपी कोइरालाले नेपालका मात्र नभई भारतको स्वतन्त्रता आन्दोलनमा पनि महत्वपूर्ण योगदान दिएको स्मरण गरे ।