Comments Add Comment

४ थान भरुवा बन्दुकसहित एक जना पक्राउ

६ साउन, मोरङ । केराबारी गाँउपालिकाबाट सशस्त्र प्रहरीले ४ थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

केराबारी वडा नम्बर ८ स्थित कनक टोलबाट रातको समयमा एपीएफको टोली र नेपाल प्रहरीले ४ थान थान भरुवा बन्दुकसहित सोही ठाउँका ५० वर्षे छत्रबहादुर घोरासानेलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस लक्ष्मीमार्गबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले घोरासेनको गोठमा भरुवा बन्दुक राखिएको सूचनाको आधारमा बन्दुकसहित उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका घोरासेनलाई बरामद गरिएको बन्दुक सहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय केराबारीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय सूचना शाखाका सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment