Comments Add Comment

इटहरीमा अायो टाटाको मार्कोपोलो अल्ट्रा बस

६ साउन, काठमाडौं । टाटा गाडीहरुको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले एलभीसी सेगमेन्टकै उत्कृष्ट र सुविधासम्पन्न कम्पनी निर्मित बडी भएको एलपीओ टाटा मार्कोपोलो बसहरु ल्याएको छ ।

कम्पनीको ईटहरी शाखाले हिमशिखर यातायात एण्ड ट्राभल टुर्स् प्रालिलाई औपचारिक रुपमा साँचो हस्तान्तरण गरि बस उद्घाटन गरेको छ ।

व्यवसायी तथा सर्वसाधरण यात्रु वर्गबाट अत्यन्तै रुचाइएको लोकपि्रय एलपीओ टाटा मार्कोपोलो बस नेपालको पूर्वी भेगमा ठूलो संख्यामा संचालित छ ।

आजदेखि विराटनगरबाट काँकडभिट्टा र धरान काँकडभिट्टासम्म सेवा संचालनमा आउने यो गाडीमा सीसी टिभी क्यामेर, डेस्टिनेशन बोर्ड, एलईडी टिभी, यूपीए सुविधा छनरहेको हिमशिखर यातायात एण्ड ट्राभल टुर्स्का अध्यक्ष मनोजकुमार प्रधानले जानकारी गराए ।

अहिलेको प्रतिस्पर्धी समय र यात्रुवर्गको इच्छा चाहनालाई मध्यनजर गर्दै निश्चित एवम् तोकिएको समयमा गन्तव्य सम्म पुर्‍याइने जानकारी गराए ।

साँचो हस्तान्तरण कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका सीओओओ राजेश प्रसाद गिरीले सिप्रदीको उद्देश्य गाडी बिक्री गर्नुमात्र नभई बिक्री पछिको सेवा सुविधा उपलब्ध गराई उच्च ग्राहक सन्तुष्टी हासिल गर्नु भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment