Comments Add Comment

‘ यस बर्ष बजेटको २ खर्ब खर्च हुन गाह्रो’


६ साउन, काठमाडौं । कुल गाहस्र्थ उत्पादन (जीडीपी) को ३६ प्रतिशत बराबर रकमको बजेट ल्याएको सरकारले सबै बजेट खर्च गर्न नसक्ने सरोकारवालाहरुले बताएका छन् ।

‘हामीले यसपालीको बजेट हेर्यौं भने त्यसमा केही संरचनागत त्रुटीहरु रहेका छन्, जीडीपीको तुलनामा खर्चमा वृद्धि मात्रै १ प्रतिशत रहेको देखिन्छ, यो २ देखि ३ प्रतिशत हुनुपर्दथ्यो, त्यसो नभएकोले बजेट कम्तिमा जीडीपीको २२ देखि २३ प्रतिशत बराबरको ल्याउनुपर्दथ्यो,’ योजना आयोगका पुर्व उपाध्यक्ष डा. शंकर शर्माले भने ।

उनले अहिले जे जे आधारमा बजेट खर्च गर्न सकिन्छ भनेर सरकारले भनिरहेको भएपनि चालु आवमा करिब २ खर्ब २० अर्ब रकम खर्च हुन नसक्ने बताए । गत आवमा पनि सरकारले बजेटमा तोकिएभन्दा २ सयभन्दा बढि रकम खर्च गर्न सकेको थिएन ।

उनका अनुसार आठ वर्ष अघि चालु खर्चमा जीडीपीको तुलनामा ११ प्रतिशत हुने गरेकोमा यो वृद्धि भएर १६.५ प्रतिशतसम्म पुगेको छ । तर पुँजीगत खर्च पहिले जीडीपीको तुलनामा ६.६ प्रतिशत रहेकोमा ५.५ प्रतिशतमा सिमित भएको थियो ।

उनले असोजमा टेण्डर आवहान गर्ने सरकारको लक्ष्य पनि पुरा हुन गाह्रो रहेको बताए । तथ्यांकहरु हेर्दा नेपालमा १ किलोमिटर बाटो बन्न औसत १२ वर्ष लाग्ने गरेको, सिञ्चाई बन्न १६ वर्ष र विद्युत ट्रान्समिशन लाइन बन्न ९ वर्ष लागेको देखिने पनि उनले बताए ।

यता, लिखित भाषण पढेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने स्थानीय निकायमा बिकासले बिसतार लिने, पुनरनिर्माणको काम अगाडी बढ्ने, निर्वाचनहरुको कार्य तालिका रहेको र राष्ट्रिय गैरवका आयोजनालाई प्राथमिकतामा राखिएकोले पनि बजेट खर्च हुने विश्वास व्यक्त गरे । उनले बजेट खर्च हुने गरि कार्य तालिका बनेकोले पनि सबै पक्षको अठोटले नै सरकारको खर्च लक्ष्य पुरा हुने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment