Comments Add Comment

अस्ट्रेलियामा वी.पी. चिन्तन प्रतिष्ठान गठन

२१ जुलाई, सिड्नी । अस्ट्रेलियामा वी.पी. चिन्तन प्रतिष्ठान गठन भएको छ ।

वी.पी.को विचारलाई अझ बढी अध्ययन, अनुसन्धान गरी सर्वब्यापी पस्कने अभिप्रायाले प्रतिष्ठान गठन गरिएको प्रबक्ता डिल्ली ढकालले जानकारी दिए ।

दुर्गा आचार्यको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति रहेको प्रतिष्ठान गठन गरिएको छ । जसको उपाध्यक्षमा डा. घनश्याम चापागाई, महासचवमा अभिमन्यू के.सी., कोषाध्यक्षमा डा. डिल्ली बञ्जाडे चयान भएका छन् ।

यस्तै प्रबक्तामा डिल्लीराम ढकाल, रिलेशन प्रबन्धकमा रमेश छत्कुली रहेका छन् ।

कार्यसमिति सदस्यहरुमा नारायण काफ्ले, डा. राजु अधिकारी, डा. चन्द्रदीप पोखरेल, छिरिङ् लामा, श्री पन्त, पुरुषोत्तम मिश्र, रामबहादुर थापा, जानकी पौडेल, कमल अधिकारी,डा. देवराज पौडेल, डा. भरतराज पौडेल, शरण कोइराला, नगेन्द्र अधिकारी, भूपेन्द्र के.सी. र राजन ढुंगेल रहेका छन् ।

प्रतिष्ठानलाई कुनै राजनीतिक दलको संगठनका रुपमा नभई लोकतान्त्रिक समाजवादी चिन्तन बोकेका सबै तह र तप्का एवंम वर्ग र समुदायका व्यक्तिहरुको चिन्तन, मनन् र विचार विनिमय गर्ने साझा चौतारीका रुपमा विकास गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment