Comments Add Comment

सनराइनले दियो बचतकर्ता सामुहिक दुर्घटनाको बीमा रकम


६ साउन, काठमडौं । सनराइज बैंक लिमिटेडले बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था अन्तरगत परमेश्वर देव वैश्यलाई १ लाख ४९ हजार २ सय ९१ रुपैयाँ भुक्तानी गरेको छ ।

खातावाला ग्राहक सप्तरी विसहरियाकी मालती देवी वैश्यको सडक दुर्घटनामा परी निधन भएकोमा उनको श्रीमानलाई खातामा रहेको रकमको ४ गुणा भुक्तानी गरिएको हो । बैंकका न्यूरोड शाखाका शाखा प्रबन्धक प्रितमलाल श्रेष्ठले परमेश्वरलाई चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड संगको सहकार्यमा बचतकर्ता सामुहिक दुर्घटना बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा रु. ५ लाखमा नवढ्ने गरी ग्राहकको परिवारले बचतखातामा रहेको मौज्दातको ४ गुणासम्म दावी गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment