Comments Add Comment

एकै दिनमा २२ वटा महिन्द्रा पिक-अपको विक्री

६ साउन, काठमाडौं । नेपालको लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडले एकै दिन महिन्द्रा शोरुमबाट २२ वटा महिन्द्रा बोलेरो तथा महिन्द्रा स्कोर्पियो पिक अप विक्री गरेको छ ।

महिन्द्रा नेपाली उपभोक्तामाझ लोकपि्रय एवम् अत्याधिक रुचाइको ब्राण्डका रुपमा स्थापित भएको छ । यसबाट कम्पनीलाई भविष्यमा उत्कृष्ट ब्राण्डका रुपमा स्थपित हुने सुदृढता प्राप्त भएको कम्पनीले जनाएको छ ।

एक दशकको अन्तरालमा महिन्द्राले नेपाली आटोमोबाइल्सको क्षेत्रमा सुरक्षित यात्रा, ग्रामीण एवम् साहसिक अफ रोड यात्रामा आफूलाई स्थापित गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment