Comments Add Comment

स्टान्डर्ड चार्टड बैंकलाई ‘वर्ल्ड बेष्ट कन्ज्युमर डिजिटल बैंक अवार्ड’


६ साउन, काठमाडौं । स्टान्डर्ड चार्टड बैंक नेपाल ग्लोबल फाइनान्स, वर्ल्ड बेष्ट कन्ज्युमर डिजिटल बैंक अवार्ड-२०१७ बाट सम्मानित भएको छ ।

स्टान्डर्ड चार्टड बैंक एसिया प्यासिफिक ‘वर्ल्ड बेस्ट डिजिटल बैंक’ प्रतियोगिताको पहिलो चरणको विजेताका रुपमा आज न्यूर्योकमा ग्लोबल फाइनान्सले घोषणा गरेको हो ।

विजेताहरु इन्फोसिस विश्वको अग्रणी परामर्श, प्रविधि र आउटसोर्सिङ्ग कम्पनीको उच्चस्तरीय निर्णयक मण्डलले छानेको हो । उनीहरु ग्लोबल फाइनान्स पहिलो चरणको अन्तिम नतिजाको लागि जिम्मेवार थिए ।

स्टान्डर्ड चार्टड लगायतका अरु बैंकहरु, डिजिटल ग्राहकहरु आकर्षक गरी सेवा दिन सक्ने रणनीति, ग्राहकलाई डिजिटल अफरिङहरु प्रयोग गराउनमा सफलता, डिजिटल ग्राहकहरुको वृद्घ,ि प्रोडक्ट अफरिङ्गको दायरा, डिजिटल पहलबाट प्राप्त मूर्त लाभको प्रमाण र वेब/मोबाइल साइट डिजाइन र कार्यक्षमताको आधारमा छानिएका थिए ।

स्टान्डर्ड चाटर्डले यो अवार्ड लगातार तीनपटक जितिसकेको छ । यसै महिना बैंकले युरोमनीद्वारा प्रस्तुत गरिएको नेपाल्स बेस्ट बैंक २०१७अवार्ड पनि हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment