Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः नेपाली आकाश कालोसूचीबाट हट्यो

७ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आउकाओ)ले चार वर्ष अगाडिदेखि नेपाली आकाशमा लगाएको कालोसूची (गम्भीर सुरक्षा चासो) को प्रतिबन्ध हटाएको छ । आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले नेपाली आकाश अब सुरक्षित रहेको आउकाओको घोषणालाई मुख्य खबर बनाएर लेखेका छन् । स्थानीय तह र केन्द्रबीचको विवादलगायतका  खबरलाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै स्थान दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन मिति छिट्टै घोषणा गर्ने भनेर व्यक्त गरेको भनाइलाई गोरखापत्र दैनिकले मुख्य खबर बनाएर छापेको छ । सहकारीको रकम हिनामिना गर्नेलाई १० वर्ष कैद सजाय हुने अर्को खबर पनि गोरखापत्र दैनिकमै प्रकाशित छ ।

ओलाङचुङगोलामा चीनबाट मोटरबाटो आइपुगेको खबरलाई कान्तिपुर दैनिकले मुख्य खबर बनाएर छापेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले प्लटिङका कारण कास्कीका खेतीयोग्य जमिन मासिएको, नेपाली आकाश कालोसूचीबाट हटेकोलगायत खबर लेखेको छ ।

नागरिक दैनिकले आफूनिकटकालाई बढुवा गर्न प्रहरीमा आफूखुसी पद थप गरिएको सामग्री प्रकाशित गरेको छ भने नयाँ पत्रिका दैनिकले स्थानीय तहले आफूखुसी निर्णय गर्दा र केन्द्रले अंकुश लगाउन खोज्दा विवाद बढेको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment