Comments Add Comment

११ वर्षीया गर्भवती बालिकाको संरक्षण सिविनले गर्ने


७ साउन, भोजपुर । भोजपुरको अरुण गाउँपालिका–५ याकुकी ११ वर्षीया गर्भवती बालिका निशा (नाम परिवर्तन) लाई सिविन नेपालले संरक्षण गर्ने भएको छ । गाउँबाट निकालिएकी ती बालिका हाल महिला तथा बालबालिका कार्यालय, भोजपुरको सिफारिसमा सिविनअन्तरगतको बाल हेल्प लाइन विराटनगरमा छिन् ।

छिमेकी २१ वर्षीय युवक दुर्गाबहादुर श्रेष्ठको जबरजस्ती करणीबाट गर्भवती बनेकी ती बालिकाको स्वास्थ्य, शिक्षा तथा मनोवैज्ञानिक सहायताका लागि सिविनले संरक्षणको जिम्मा लिएको हो ।

स्थानीय एक विद्यालयमा ७ कक्षामा पढ्दै गरेकी बालिकाले पढ्ने इच्छा व्यक्त गरेको र सोही अनुरुप सिविनले पढाउने प्रतिवद्धता समेत जाहेर गरेको महिला विकास अधिकृत पुष्पलता उप्रेतीले बताइन् ।

हाल विराटनगरमा रहेकी बालिकालाई भोजपुर जिल्ला न्यायाधिवक्ताबाट वकपत्र गराएर सिविनको जिम्मा लगाउने तयारी भइरहेको छ ।

दुर्गालाई जबरजस्ती करणी मुद्दा चलाएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

बालिकाको अवैध गर्भ रहेको खुलेपछि युवकको जिम्मा लगाइए पनि घरपरिवारले अस्वीकार गरेको थियो । घरपरिवारले अस्वीकार गरेपछि बालिकाको बिचल्ली भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment