Comments Add Comment

अस्ट्रेलियामा महिला प्रशिक्षकको १० दिने योगा सकियो


२२ जुलाई, सिड्नी । अस्ट्रेलियामा हालै नेपाली समाजका महिला अगुवाहरुले स्वस्थ्य जीवनका लागि योगा प्रशिक्षण आयोजना गरेका छन् ।

गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय परिसद्का प्रबक्ता रन्जु थापा वाग्ले लगायतले आयोजना गरेको उक्त योगा प्रशिक्षण १० दिनसम्म चलेको थियो ।

सिड्नीको स्थानीय गुल्फोर्डमा आयोजित उक्त योगा प्रशिक्षणमा नेपालबाट योगा प्रशिक्षण डा .कोपिला अधिकारी उपस्थित भएकी थिइन् ।

उनले योगा प्रशिक्षणमा सहभागी भएका महिला नेताहरुलाई शारीरिक ब्यायाम सिकाउनुका साथै आध्यात्मिक प्रशिक्षन् दिएकी थिइन् ।

प्रशिक्षण निकै उपलब्धी मुलक भएको प्रबक्ता थापाले अनलाइनखबरलार्इ बताइन् ।

सिड्नीमा क्रियाशील फोटो पत्रकार सुधीरा शाहले यहाँको ब्यस्त जीवनमा शारीरिक तथा मानशिक रुपमा स्वस्थ बन्नका लागि योगा निकै उपयोगी भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment