Comments Add Comment

मालपोतका कर्मचारी घुस लिँदालिँदै पक्राउ (भिडियोसहित)

७ साउन, भक्तपुर । भक्तपुर मालपोतका कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियारबाट खटिएको टोलीले भक्तपुर मालपोत कार्यालयका अधिकृतसहित चार जना कर्मचारीलाई शुक्रबार साँझ सवा ७ बजे ५० हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

भक्तपुर मालपोत कार्यालयका अधिकृत चक्रबहादुर श्रेष्ठ ,नायवसुब्बा राजकुमार घिमिरे, नायव सुब्बा दिनेश रेग्मी र खरिदार दुर्गा पोखरललाई अख्तियारको टोलीले  पक्राउ गरेको हो । उनीहरुलाई मध्यपुर नगरपालिका वडा नं ३ कौशलटार चोकमा रहेको वेभ शेकुवा कर्नरमा सेवाग्राहीसँग घुस लिइरहेको समयमा पक्राउ गरेको अख्तियारले जनाएको छ ।

भक्तपुर जिल्ला चाँगुनरायण नगरपालिका वडा नं ७ बागेश्वरीमा रहेको जग्गाको बाटो काटी प्लटमिलान गर्न सेवाग्राहीले निवेदन दिएका थिए । सेवाग्राहीले आफ्नै ३ आनाको दुई टुक्रा जग्गामा एउटा कित्ताबाट आफ्नै जग्गामा जान बाटो कित्ताकाट गर्नको लागि सबै प्रकृया पुर्याएर गएको भए पनि अधिकृतले ५० हजार घुस मागेका थिए । घुस मागेको सूचना सेवाग्राहीले अख्तियारलाई दिएसँगै टोलीले रंगेहात कर्मचारी पक्राउ गरेको हो ।

पाँच महिना पहिले पनि अख्तियारले भक्तपुर मालपोतका दुई कर्मचारी ६ लाख १४ हजार घुससहित पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment