Comments Add Comment

गोर्खाल्याण्ड माग गर्दै युवाहरुले शुरु गरे आमरण अनशन

फाइल तस्वीर

७ साउन, इलाम । गोर्खाल्याण्ड माग गर्दै भइरहेको आन्दोलनलाई समर्थन गर्दै शुक्रबारदेखि युवाहरुले आमरण अनशन शुरु गरेका छन् । गोर्खाल्याण्डको माग भइरहेको चार स्थानमा १२ जना युवाहरुले एकैसाथ आमरण अनसन शुरु गरेका हुन् ।

दार्जीलिङ, कालेबुङ, खस्र्याङ र मिरिकमा गोर्खा जनमुक्ति युवा मोर्चाका तीन–तीन जना युवाले गोर्खाल्याण्डको आन्दोलनलाई समर्थन गर्दै आमरण अनशन शुरु गरेका हुन् ।

गोर्खाल्याण्ड आन्दोलनलाई निर्णायक तहमा पुर्याउन अनशन बसेको र गोर्खाल्याण्ड प्राप्त नगरी अनशन फिर्ता नहुने मोर्चाले जनाएको छ । युवा मोर्चाका केन्द्रीय उपाध्यक्ष अनिल लोप्चनले अब पनि सरकार गोर्खाल्याण्ड माग प्रति गम्भीर नभए अगष्ट १६ देखि आन्दोलनको स्वरुप फेरेर अघि बढ्ने बताएका छन् ।

मोर्चाका नेताहरुको खाता बन्द

यता भारतीय प्रहरीका सिआइडी टिमले गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ, महासचिव रोशन गिरी र सहसचिव विनय तामाङको बैंक खाता रोक्का गरेको छ ।

मोर्चाका नेताहरुको खातामा हिंसा भड्काउने प्रयोजनमा रकम जम्मा हुने भन्दै प्रहरीले तीन नेताहरुको बैंक खाता रोक्का गरेको बताइएको छ । मार्चाको अध्यक्ष गुरुङको खातामा रहेको १० लाख ५८ हजार, महासचिव गिरीको खातामा रहेको नौं लाख ४७ हजार र सहसचिव तामाङको खातामा रहेको पाँच लाख ४० हजार रुपैयाँ रोक्का गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मोर्चाका नेताहरुको खाता रहेको अन्य बैंकहरुको पनि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment