Comments Add Comment

सुर्खेतमा ५ सय बढी नयाँ उद्योग थपिए, १ करोड राजस्व संकलन

७ साउन, सुर्खेत  । सुर्खेतमा गएको आर्थिक वर्षमा ५ सय बढी साना तथा घरेलु उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतले जनाएको छ ।

कार्यालयका निमित्त निर्देशक माधवप्रसाद न्यौपानेका अनुसार यस वर्ष ५ सय ३० वटा साना उद्योगहरु दर्ता भएका छन् भने वाणिज्य करिब एक हजार बढी दर्ता भएका छन् ।

निमित्त निर्देशक न्यौपानेले उद्योग दर्ताबाट १ करोड १ लाख १९ हजार ५ सय ६९ रुपैयाँ राजश्व संकलन गरेको पनि जानकारी दिए ।

कार्यालयहरु स्वत स्फुर्त रुपमा दर्ता भएको भन्दै उनले उद्यमीलाई आवश्यक परेको खण्डमा कर छुटको व्यवस्था गरिदिने, तालीम पश्चात मेसिन औजारहरु उपलब्ध गराएको पनि बताए ।

विना धितो ऋण पाउने ३९ जना

सरकारले उद्यमीहरुलाई अत्यन्त न्युन ब्याजदरमा प्रदान गर्ने विना धितो कर्जा सुर्खेतका ३९ जना उद्यमीले प्राप्त गर्ने पनि न्यौपानेले जानकारी दिए ।

घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतले सीप विकास तालीम, प्रविधि हस्तान्तरण, कर्जा प्रवाह, उद्योग वाणिज्य दर्तालगायतका कामहरु गर्दै आएको छ ।

कार्यालयमा जनशक्ति अभाव

घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतमा आवश्यक जनशक्तिको पदपूर्ति नभएकाले काम गर्न समस्या भएको निमित्त प्रमुख न्यौपानेले बताए ।

कार्यालयमा ८ महिनादेखि ५ जना अधिकृतको दरबन्दी रहेकोमा ३ जनाले मात्रै काम चलाइ रहेका छन् । २ वटा दरबन्दी खाली हुँदा कम जनशक्तिले कार्यालयको सबै काम गर्न मुस्किल भएको न्यौपानेको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment