Comments Add Comment

शाहरुखको विषयमा दुई छोराको यस्तो सवालजवाफ

शाहरुख खानका कान्छा छोरा अबराम सानै छन् । ठूलो छोरा आर्यन भने जवान भइसके । दुई दाजुभाईबीच उमेरको ठूलो अन्तर छ ।

आर्यन र अबरामबीच आफ्नो बाबुको विषयलाई लिएर भएको रोचक सवालजवाफ भारतीय मिडियामा आएको छ । आर्यनले सोधेका प्रश्नको ४ वषिर्य अबरामले निकै मिठो उत्तर दिएका छन् ।

सुरुमा आर्यन सोध्छन्, ‘हाम्रो बुवालाई भेट्न यति धेरै मानिसहरु किन आउँछन् थाहा छ ?’ यसमा अबराम केही बोल्दैनन् ।

त्यसपछि फेरि आर्यनले सोध्छन्, ‘हाम्रो बुवा के काम गर्नुहुन्छ ?’

अबरामको जवाफ छ, ‘सुटिङ ।’

आर्यनले फेरि सोधे, ‘हाम्रो बुवा के हो त ?’

अबराम भन्छन्, ‘एक्टर ।’

त्यसपछि आर्यनले सुरुकै प्रश्न सोध्छन्, ‘अब भन त बुवालाई भेट्न यति धेरै मानिसहरु किन आउँछन् ?’

अबरामको जवाफ छ, ‘बुवा ह्यान्डसम हुनुहुन्छ नी त ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment