Comments Add Comment

सुप विविका चार संकायमा डीन नियुक्त


७ साउन, कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले शुक्रबार चार संकायमा डीन नियुक्त गरेको छ ।

परिषद्ले विज्ञान तथा प्रविधि संकायका डीनमा सिद्धनाथ विज्ञान क्याम्पस भीमदत्तनगरका प्रमुख डा. पूर्णबहादुर चन्द, व्यवस्थापन संकायका डीनमा कैलाली बहुमुखी क्याम्पसका पदमकान्त जोशी, शिक्षा संकायका डीनमा विश्वविद्यालयका सप्रा गोविन्द विष्ट र इन्जिनियरिङ संकायका डीनमा किशनदेव भट्टलाई नियुक्त गरेको हो ।

लामो समयदेखि रिक्त संकायमा चार डीनलाई चार वर्षका लागि नियुक्त गरिएको विश्वविद्यालय केन्द्रीय कार्यालयका उपप्रशासक गोविन्दबल्लव पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment