Comments Add Comment

नम्बर १ ट्रेन्डिङमा ‘छक्का पन्जा’को गीत, एक दिनमै ९ लाख भ्यूज


चलचित्र ‘छक्का पन्जा २’ले युटुबमा नयाँ रेकर्ड बनाएको छ । यो चलचित्रको ‘नसमाउ नाडीमा’ बोलको गीतलाई युटुबमा छोटो समयमै सर्वाधिक धेरै पटक हेरिएको छ । चलचित्रको यो गीतलाई १ दिनमा करिब ९ लाख पटक हेरिएको छ । यो गीतलाई दर्शक र समिक्षकले भने मिश्रित प्रतिक्रिया दिएका छन् । तर, पनि युटुबमा भने गीतको भ्यूज आक्रामक तरिकाले बढिरहेको छ ।

यो गीत अहिले युटुबमा नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा छ । गीत सार्वजनिक भएको छोटो समयमै यसले नम्बर १ ट्रेन्डिङमा कब्जा जमाएको छ । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यो चलचित्रलाई दीपकराज गिरीले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता विकास आचार्य हुन् ।

चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ । असोज ११ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment