Comments Add Comment

एनआरएनए अष्ट्रेलियाको ७ औं अधिबेशन

अब अष्ट्रेलियाको सीप नेपालमा हस्तान्तरण गर्नु पर्छ : राजदूत् शेर्पा

२२ जुलाई, ब्रिसबेन । गैर आवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको ७ औं राष्ट्रिय अधिवेशन ब्रिसबेनमा सुरु भएको छ ।

आगामी २ वर्षे कार्यकालका लागि चयन भएको नयाँ नेतृत्वलाई पदहस्तान्तरण गरिने लगायतका कार्यक्रम रहेको अधिबेशनको अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा, एनआरएनएका अध्यक्ष शेष घले र उपाध्यक्ष भवन भट्टले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्‌घाटन गरेका छन् ।

कार्यक्रमको उद्घाटन पछि बोलदै राजदूत शेर्पाले नेपालको दक्ष जनशक्ति अष्ट्रिेलियामा रहेको भन्दै नेपालको विकासको लागि सीप हस्तान्तरण गर्नुपर्ने बताइन ।

अस्ट्रेलियामा रहेका नेपालीहरुले यहाँको सीप र ज्ञानलाई नेपालको विकासको लागि लगाउनुपर्ने बताइन ।

कार्यक्रममा एनआरएनएका अध्यक्ष शेष घलेले एनआरएनलाई विश्वभर रहेका नेपाली समुदायलाई समन्वय गर्न सक्ने संस्थाका रुपमा विकास गर्ने बताए ।

विश्वभर रहेका नेपालीहरुलाई एकताबद्ध बनाउनका लागि संयुक्त राष्ट्र संघकै रुपमा एनआरएनएलाई विकास गर्ने लक्ष्य लिइएको बताए ।

कार्यक्रममा एनआरएनएका उपाध्यक्ष भवन भट्टले पनि एनआरएनएले नेपालीहरु माझ सहयोगी संस्थाको रुपमा नाम कमाएको भन्द्दै नेपालको विकासका लागि काम गरिरहने बताए ।

कार्यक्रममा नेपाली वैज्ञानिक माहावीर पुनले नेपाल सम्भावना बोकेको विविधायुक्त देश भएपनि आर्थिक रूपमा कमजोर भएकोले अब देशको आर्थिक उन्नतीका लागि काम गर्नुपर्ने बताए ।

एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष टोनु घोताने लगायत पदाधिकारीहरुलाई पदहस्तान्तरण गरिएको छ ।

उद्घाटन कार्यक्रमपछि अबको २ वर्षे कार्यकाललाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ । साथै विधान संशोधन गर्ने बारे पनि छलफल भएको छ ।

कार्यक्रम सकिएपछि साँझ महावीर पुनको आविष्कार केन्द्रका लागि सहयोग गर्न रात्रि भोजको समेत आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment