Comments Add Comment

बालिकालाई बचाए तर, मामाभन्जा आफैं नदीमा डुबे

७ साउन, कैलाली । खोलामा डुबेको बालिकालाई उद्दार गर्न गएका मामा भान्जाको कान्द्रा नदीमा डुबेर मृत्यु भएको छ ।

शुक्रबार साँझ करिब ५ः३० बजेतिर घोडाघोडी नगरपालिका १०, घुम्निभाकल नजिकै कान्द्रा नदिमा नुहाउन गएकी बालिका पानीमा डुबेपछि १८ वर्षीय सुरेश धामी बचाउन नदीमा पसेका थिए ।

बच्चीलाई किनारा लगाएपछि उनी चिप्लियर नदीमा पुगेपछि बचाउन १५ वर्षीय (भान्जा) सुरेश कडायत पानीमा पसे । तर, दुबै डुबेका छन् । स्थानीयबासी, प्रहरी र शसस्त्र प्रहरीको पहलमा करिब १ घण्टापछि उनीहरुको मृत अवस्थामा उद्दार गरिएको सई विष्टले जानकारी दिए ।

उनीहरु डुबेको ठाँउ दलदल र पानी घुमाउरो भएकोले पानीमा डुविसकेपछि बाहिर निस्कन नसकेर उनिहरुको मृत्यु भएको हुनसक्ने बताए ।

मृतक धामी बझाङ जिल्लाको मण्टा गाउँपालिका ४ का स्थायी बासिन्दा भएको प्रहरीले बताएको छ । आफन्त कहाँ आएको बेला यो घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment