Comments Add Comment

पूर्वी रुकुमलाई छुट्टै जिल्ला वनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

७ साउन, रुकुम । पूर्वी रुकुमलाई छुट्टै जिल्ला वनाउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षनण गराइएको छ ।

रुकुमका राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिहरुले शनिबार देउवालाई भेटेर ज्ञापनपत्र वुझाएका हुन् । प्रदेश नम्बर ५ मा पारिएको पूर्वी रुकुम क्षेत्रफलको हिसावले पनि अर्को जिल्ला वन्न सक्ने ज्ञापन पत्रमा उल्लेख छ ।

समग्र रुकुमको क्षेत्रफल २८७७ वर्ग किलोमिटर रहेकोमा पूर्वी रुकुममा ५८ दशमलव ५ प्रतिशत भूभाग छ ।

सिस्ने, दोगारी, सामजोङ्ग, चुरेन लगायत ५ वटा भन्दा वढि हिमाल र पुपाल, फागुने, लालपाटन लगायतका हिम चुचुरा रहेकोले हिमाली जिल्ला वनाउन माग गरिएको छ ।

नेकपा माओवादी केन्द्रका रुकुम जिल्ला इन्चार्ज तेजबहादुर ओली प्रतिकले भने, ‘हिमाली जिल्लामा राखी छुट्टै जिल्लाको संरचना गर्ने उद्देश्यसहित प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छौं । उहाँबाट पनि सकारात्मक आश्वासन पाएका छौं ।’

पूर्वमन्त्री तथा सभासद गणेशमान पुन, पुर्वराज्यमन्त्री केशरमान रोका, नेकपा एमालेका केन्ऽिय सदस्य खेममान खड्का लगायतको टोली ज्ञापनपत्र वुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment