Comments Add Comment

पहिरो पन्छाइयो, महाकाली लोकमार्ग सुचारु

७ साउन, दार्चुला । सतबाँझ-गोकुलेश्वर सडकखण्ड अन्तरगत पर्ने बगांबर क्षेत्रमा खसेको पहिरोका कारण अबरुद्ध महाकाली लोकमार्ग ६ घण्टा पश्चात सुचारु भएको छ ।

दार्चुलाको काँकडा, पनेबाँच, भर्ताेला र बैतडीको बगांबगर क्षेत्रमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारु भएको बैतडीका प्रहरी प्रमुख डिएसपी हेरम्ब शर्माले जानकारी दिए । जेसीवीले पहिरो पन्छ्याएपछि लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न थालेका छन् ।

राजमार्ग अवरुद्ध हुँदा दार्चुला र बैतडीबाट काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुराका लागि छुटेका सवारी साधनहरु ठप्प भएका थिए ।

वि.सं. २०६० सालमा खसेको बंगाबगर पहिरोको व्यवस्थापन गर्न नसकिँदा वर्षातको समयमा हरेक वर्ष सडक अबरुद्ध हुने गरेको छ ।

२०६० साल असारमा खसेको पहिरोले बंगाबगर क्षेत्रमा रहेका ६ वटा घरत पुरिएका थिए डेढ सय रोपनी खेतीयोग्य जमिन बगरमा परिणत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment