Comments Add Comment

संसदीय बोर्ड गठन गर्न रामचन्द्र पौडेलको माग

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय बोर्ड तत्काल गठन गर्न माग गरेका छन् । त्यही बोर्डमार्फत प्रदेश नम्बर २ को चुनावमा हुने स्थानीय चुनावका लागि टिकट वितरण गर्नु पर्ने उनको प्रस्ताव छ ।

स्थानीय चुनावको समिक्षा गर्न बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पौडेलले सानेपा (पार्टी) र सिंहदरबार (सरकार)लाई चुस्त बनाउनु पर्ने बताएका छन् ।
पौडेलले पदाधिकारी नियुक्ति गर्न र केन्द्रीय समिति र विभागहरुलाई पूर्णता दिन पनि माग गरेका छन् ।

दुई चरणको चुनावमा अपेक्षा अनुसार परीणाम नआउनुमा टिकट वितरणमा कमजोरी भएको भन्दै उनले भने, ‘संसदीय बोर्ड गठन गरेर त्यसमार्फत टिकट विरण गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment