Comments Add Comment

अवार्ड थाप्न गएकी मलाइका न्यूयोर्कमै भुलिन्

बलिउड अभिनेत्री मलाइका अरोडा हालै आइफा अवार्डमा भाग लिन न्यूयोर्क पुगेकी थिइन् । अवार्डमा भाग लिन पुगेका अन्य सबै कलाकार घर फर्किसके, तर उनी अझै उतै छिन् ।

मलाईका नानाथरी फेसन गरेर न्यूयोर्कको गल्लीहरुमा बिन्दास डुलिरहेकी छिन् । मलाइकाले इन्स्टाग्राममा सार्वजनिक गरेका तस्बिरहरुमा उनका छोरा अरहान खान पनि देखिएका छन् । तस्बिरमा मलाइका निकै खुशी मुडमा देखिन्छिन् ।

उक्त अवार्ड समारोहमा उनका श्रीमान अरबाज खान पनि पुगेका थिए । उनी भने स्वदेश फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment