Comments Add Comment

औषधि जलाउनु पनि अपराध हो, दोषीलाई कारबाही हुन्छः सभापति ठाकुर

७ साउन, सप्तरी । म्याद बाँकी रहेका लाखौं मूल्यका औषधि जलाएएको घटनाप्रति संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक एवं समाज कल्याण समितिले चासो व्यक्त गरेको छ ।

‘औषधि बितरण गर्ने स्वास्थ्य संस्थाले नै म्याद बाँकी रहेकै औषधि जलाइएको समाचार हेरेपछि साह्रै दुःख लागेको छ’ समितिकी सभापति रञ्जु ठाकुरले भनिन्, ‘के कारणले जलाइएको हो ? त्यसको जवाफ सम्बन्धित निकायले दिनु जरुरी छ ।’

शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका कर्मचारीहरुले लाखौं मूल्य बराबरका औषधि जलाएका थिए छ । एक्सपायर भन्दै जलाईको औषधिको थुप्रोमा रुघाखोकी, ज्वरो, झाडापखालाका औषधि, स्लाइन पानी, बिभिन्न किसिमका ट्याब्लेट, जीवन जलसहित म्याद बाँकी रहेका औषधि समेत भेटिएको छ ।

औषधि जल्नुमा कार्यालयका प्रमुख नागेन्द्र चौधरीले तल्लो तहका कर्मचारी र स्टोर किपरको दोष देखाएका छन् । अन्य कर्मचारीले भने प्रमुखको दोषी देखाइरहेको अवस्थामा समितिकी सभापति ठाकुरले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘सर्वसाधारणलाई बितरण गर्न पठाएको औषधि जलाइएको कार्यको छानबिन हुन्छ ।’

यसबारे स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग कुरा गरिरहेको भदै उनले भनिन्, ‘म पनि सप्तरीकै हुँ । एक त जहिल्यै पनि जिल्लामा औषधिको कमी हुन्छ । त्यसमा भएको औषधि समेत जलाइनु कुनै खेल हुन सक्छ ।

उनले अघि भनिन्, ‘जिल्लाका सर्वसाधारणका लागि गएको औषधि जलाउनु अपराध पनि हो ।’

उनले आफू यसअघि नै सप्तरीको स्वास्थ्य क्षेत्रमा देखिएको बेथिती सम्बन्धमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग कुरा गरेर अनुगमन खटाउने तयारी गरिरहेको अवस्थामा औषधि जलाउने कार्य बाहिर आउनुले अचम्ममा पारेको बताइन् । उनले भनिन्, “अब औषधि जलाउने कार्यको पनि छानबिन हुन्छ । र, दोषीलाई कारबाही हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment