Comments Add Comment

प्रचण्डको प्रस्तावः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, चुनाव खर्च राज्यले दिने


७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने प्रस्ताव पार्टी बैठकमा राखेका छन् ।

केन्द्रीय समिति बैठकमा चुनावी समिक्षाका क्रममा प्रचण्डले अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि दलहरुसँग सम्वाद गर्ने बताए । साथै उनले दलहरुले पाएको मतका आधारमा राज्यले निश्चित चुनाव गर्न दिने गरी ऐन कानुन बनाउन पहल गर्ने समेत बताएका छन् ।

दुबै संविधानसभा चुनावमा माओवादीले प्रत्यष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा लिएको थियो । तर, संविधान निर्माणका क्रममा संसदबाट निर्वाचित प्रधानमन्त्रीय पद्धतिमा सहमति गरेको थियो ।

बैठकमा प्रचण्डले सबै माओवादीहरुलाई पार्टी एकतामा आउन अपील गर्ने प्रस्ताव पनि राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment