Comments Add Comment

उत्तर प्रदेशः दुई महिनामा ७२९ हत्या, ८०० बढी बलात्कारका घटना

७ साउन, काठमाडौं । उत्तर प्रदेशको सत्तामा आएपछि अदित्यनाथ योगी सरकार कानुनी व्यवस्था कायम गर्न असफल रहेको आरोप झेलिरहेको छ । पछिल्लो दिनमा सरकारले पनि स्वीकार गरेको छ कि अपराधको घटना बढेको छ ।

विधानसभामा एक प्रश्नको जवाफ दिँदै सांसदीय कार्यमन्त्री सुरेश खन्नाले भने, ‘सरकार गठनदेखि ९ मेसम्म राज्यमा कुल ७२९ हत्या भए । ८०३ बलात्कार, ६० डकैती, ७९९ लुट र २६८२ अपहरणको घटना भएको छ ।’

यद्यपि विपक्षी दलले गत वर्ष सही समयको अपराधका घटनाको तुलनात्मक विवरण चाहन्थे । तर, सरकारसँग छैन । विपक्षीको दाबी छ कि गत वर्षभन्दा ३० प्रतिशत अपराध बढेको छ ।

विधानसभामा बीएसपीका नेता लालजी वर्माले तथ्यांक प्रस्तुत गर्दै यो दाबी गरे र समाजादी पार्टी पनि यहि मान्छ । सपाका नेता राजेन्द्र चौधरीले भने, ‘अखिलेश यादवको समयमा देशको १८ राज्यमा सबैभन्दा राम्रो कानुनी शासन उत्तर प्रदेशमा थियो ।’

योगी सरकारले दुई महिनामा अपराध बढ्नुको यस्तो कारण प्रस्तुत गर्‍यो, जसले विपक्षीको आक्रोस थप बढ्यो ।

मुख्यमन्त्री योगीले सदनमा भने कि अपराध बढेको होइन, बढेको देखाइएको छ । किनकी पहिला उजरी नै हुने थिएन । अब भने अपराधका घटनाहरु दर्ता हुने गरेका छन् ।’
उनले यसो भन्दै बीएसपी र सपामाथि इशारा गरे । हत्याको घटना गत वर्षको तुलानामा ४ प्रतिशत कम भएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment