Comments Add Comment

त्रिविका अनुसन्धान केन्द्र निष्प्रभावी

८ साउन, काठमाडौं । पञ्चायतकालमा सरकारलाई अध्ययन–अनुसन्धानबाट मार्गदर्शन गर्न सफल त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा ‘प्यारालाइज’ भएका छन् । केही वर्षयता अनुसन्धान केन्द्रमा दलीय भागबन्डा गरिनु र सरकारले अनुसन्धान केन्द्रबाट काम लिन छाडेपछि प्रभावहीन बनेका हुन् ।

व्यावहारिक तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास), शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) र आर्थिक विकास तथा अनुसन्धान केन्द्र (सेडा) गरी त्रिविमा चारवटा अनुसन्धान केन्द्र छन् ।

अहिले त्रिविले साधारण खर्चका लागि करोडौं रकम छुट्याएको छ । तर, अधिकांश केन्द्रले वर्ष दिनमा गरेको रिसर्च प्रोजेक्ट केही लाखको मात्र छ । त्रिविका चारवटा अनुसन्धान केन्द्र सरकारबाटै उपेक्षित भएको प्राध्यापकहरूको गुनासो छ । प्राध्यापकसहितको ठूलो जनशक्ति रहेको यस्ता अनुसन्धान केन्द्रमा सरकारले न त अनुसन्धानका लागि बजेट दिएको छ, न त काम नै । केन्द्रको अवस्था नाजुक भएपछि आन्तरिक प्रतिपस्र्धाबाट कार्यकारी प्रमुख नियुक्त गरिएका छन् । केही महिनाअघि नियुक्त गरिएका प्राध्यापकले सरकार तथा अरू संस्थासँग काम खोज्दै हिँडेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment