Comments Add Comment

वर्षाले डडेल्धुराका अधिकांश ग्रामीण सडक अवरुद्ध


८ साउन, डडेल्धुरा । जिल्लाका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । वर्षाका कारण जिल्लाका ३७ ग्रामीण सडकमध्ये ३२ अवरुद्ध भएका हुन् ।

जिल्लाका बाँकी सडकहरुमासमेत जोखिमपूर्ण रुपमा सवारीसाधन सञ्चालन भइरहेका छन् ।

बगरकोट–रुपाल, डुंग्री–देवलदिव्यपुर, ढिमौला–भद्रपुर, ढिमौला–चिपुर, रडुवा–कोटेली, विप्याकटाल–वेलापुर, अनारखोली–देवलदिव्यपुर, रडुवा–वडम, बुडर–जोगबुडालगायत वर्षाले अवरुद्ध भएका हुन् ।

अवरुद्ध अधिकांश सडकमा पहिरो र ठूला–ठूला खाल्डा परेका छन् । सडक अवरुद्ध भएपछि गाउँमा उत्पादन गरिएका तरकारी बजारसम्म र दैनिक उपभोग्य सामग्री गाउँमा समस्या भएको छ ।

ग्रामीण क्षेत्रमा सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसक्दा दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि हुन थालेको स्थानीयको भनाइ छ ।

पहुँचका आधारमा ग्रामीण क्षेत्रमा सडक निर्माण हुने भएकाले हल्का वर्षाले पनि यहाँका ग्रामीण सडक अवरुद्ध हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment