Comments Add Comment

माओवादी केन्द्रको जम्बो केन्द्रीय समिति विघटन

दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय


८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले जम्बो आकारको केन्द्रीय महाधिवेशन आयोजक समिति बिघटन गर्ने निर्णय गरेको छ । अब माओवादीले दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउनेछ ।

शनिबार सम्पन्न माओवादी केन्द्रीय सचिवालयको बिस्तारित बैठकले राष्ट्रिय भेला मार्फत् दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय गरेको माओवादी स्थायी समिति सदस्य वसन्त घर्तीले जानकारी दिए ।

राष्ट्रिय भेलाको मिति भने तोकिएको छैन । दुई नम्बर प्रदेशको चुनावपछि राष्ट्रिय भेला आयोजना हुने माओवादी नेताहरु बताउँछन् ।

रामबहादुर थापा बादल, मातृका यादव, मणि थापा र तिलक परियार नेतृत्वको पार्टी तथा समूहसँग माओवादी एकतापछि २ हजार बढीको महाधिवेशन आयोजक समिति बनाइएको थियो । महाधिवेशन आयोजक समितिका सदस्यहरु सबै केन्द्रीय सदस्य बन्ने भएकाले माओवादी केन्द्र विश्वकै सबैभन्दा धेरै केन्द्रीय सदस्य भएको पार्टी बनेको भन्दै कार्यकर्तातहबाटै व्यापक आलोचना भएको थियो ।

अब महाधिवेशन आयोजक समिति ९९ सदस्यीय बनाउने तयारी माओवादीले थालेको छ । यसअघि वर्षमान पुन अनन्त नेतृत्वको एक समितिले पनि केन्द्रीय समिति ९९ सदस्यीय बनाउन सुझाव दिएको थियो ।

एक हप्तासम्म चलेको केन्द्र्रीय सचिवालयको बिस्तारित बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आइतबार दिउँसो २ बजे माओवादी केन्द्रले पत्रकार सम्मेलन आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नै निर्णयहरु सार्वजनिक गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment