Comments Add Comment

गाउँपालिकाको नाम फेर्ने जनप्रतिनिधिको निर्णय


८ साउन, उदयपुर । गाउँपालिकाको बहुमत बोर्ड सदस्यको बैठकले उदयपुरको सुनकोशी गाउँपालिकाको नाम फेरेर लिङ्चिङ्बुङ गाउँपालिका राख्ने निर्णय गरेको छ ।

गाउँपालिकाको १३ सदस्यीय बोर्डका सदस्यमध्ये आठजना सदस्यले सुनकोशी गाउँपालिकाको नाम फेर्नु पर्ने प्रस्ताव ल्याएर बहुमतले पास गरेपछि सुनकोशी गाउँपालिकाको नाम फेरेर लिङ्चिङ्बुङ राख्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए ।

यसका लागि बैठकले निर्णय गरिसकेको र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाएर स्वीकृत लिने तयारी भइरहेको गाउँपालिकाकी उपाध्यक्ष रमिला राईले बताइन् ।

सुनकोशी गाउँपालिका नेपालमा धेरै स्थानमा नाम रहेकाले यसको छुट्टै पहिचानका लागि किराँती राई भाषाबाट लिङ्चिङ्बुङ भन्ने बुकी फूलको नाम राखेर गाउँपालिकाको नाम फेर्न लागिएको स्थानीय प्रतिनिधिहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment