Comments Add Comment

नेयमारको गोलसँगै बार्सिलोनाले युभेन्टसलाई हरायो

८ साउन, काठमाडौं । नेयमारको दुई गोलको मद्दतमा बार्सिलोनाले इन्टरनेशनल म्याम्पियन्स कपमा युभेन्टसलाई हराएको छ ।

प्रि-सिजन टुरका क्रममा अमेरिकामा रहेको बार्सिलोनाले युभेन्टसलाई २–१ गोल अन्तरले हराएको हो ।

कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन जाने चर्चा चलिरहेका बेला नेयमारले बार्सिलोनालाई जिताएका हुन् । १५ औं मिनेटमा पहिलो गोल गरेका उनले २६ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

इटालियन क्लब युभेन्टसका लागि चिलिनीले ६३ औं मिनेटमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

एनष्टो भाल्भर्डेको प्रशिक्षणमा पहिलो खेल खेलेको बार्सिलोनाका काल्र्स एलेना र डेनिस स्वरेजको प्रदर्शन लोभलाग्दो थियो । एलेना बार्सिलोनाका एकेडेमीका खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment