Comments Add Comment

वानप्लस ५ स्मार्टफोन नेपालमा, के छन् यसका विशेषता ?

८  साउन, काठमाडौं । वानप्लसले आफ्नो पि्रमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन वानप्लस ५ सार्वजनिक गरेको छ । नयाँ डिभाइसका साथमा, वानप्लसले विश्वमा सबैभन्दा उत्कृष्ट प्रविधि बाँड्ने आफ्नो मिसनलाई प्रदर्शित गरेको छ ।

वानप्लस ५ मा उच्च रिजोल्यूशन भएको ड्यूल क्यामरा प्रणाली अहिलेको स्मार्टफोनहरुमा भएजस्तै रहेको छ, जसले अहिलेसम्मकै सबैभन्दा स्पष्ट तस्विर खिच्न सकिन्छ ।

ड्यास चार्ज, वानप्लसको इण्डष्ट्रि नेतृत्व चार्जिङ् टेक्नोलोजी, जसले प्रयोगकर्तालाई आधा घण्टाको चार्जमा नै पुरै एक दिनका लागि शक्ति प्रदान गर्दछ । क्वालकम स्न्यापड्रागन ८३५ प्लेटर्फम, ८ जीबीसँगको संयोजनमा, फोनले सहज यूजर एक्सपेरियन्स न्यून शक्ति प्रयोगमा दिन्छ ।

वानप्लस ५ ले ३४ जीएसएम नेटवर्क ब्याण्ड सपोर्ट गर्दछ भने विश्वभर प्रयोगकर्ताहरुलाई सम्पर्क गराईरहन्छ ।
‘वानप्लस ५ ले उत्कृष्ट प्रयोगकर्ता अनुभवको संभावना प्रदान गर्नका लागि हाम्रो चनाखोपन र धैयर्तालाई प्रदर्शित गर्दछ,’ आइहब प्रालिका निर्देशकहरु शिरिष मुरारका र लोकेस ओलीले भने, ‘हामीले यो सिद्धान्तलाई वानप्लस ५ को सबै क्षेत्रहरुमा लागू गरेका छौं । उदाहरणका लागि, ड्यूल क्यामराले अहिलेको स्मार्टफोन बजारमा स्पष्ट तस्विर खिच्नको लागि सहयोग गर्दछ र प्रयोगकर्ताहरुलाई हरेक अवस्थामा आकर्षक फोटोहरु खिच्नका लागि नियन्त्रण गराउँछ ।’

वानप्लस ५ ७.२५ मिलिमिटर पातलो छ भने मिडनाइट ब्ल्याक र स्लेट ग्रे कलर अप्सनमा उपलब्ध हुनेछ, जून सबैभन्दा पातलो वानप्लस फोन हो । यसमा अल्मुनियमको यूनिबडी विशेषताका साथमा फोनको एजमा हार्ड लाइन राखिएको छ ।
यसको समानान्तर लाइन, जून वानप्लस डिजाइनको मूख्य डिजाइन तत्व हो, जसले आधा भागलाई उज्यालो देखाउँछ भने अर्को भागलाई अध्याँरो प्रर्दशित गर्दछ ।यसको घुमाउदार कुनाहरु र एजले गर्दा वानप्लस ५ लाई हातमा आरामदायीरुपमा अनुभव गर्न सकिन्छ ।

वानप्लस ५ मा अहिलेको स्मार्टफोनमा हुनेउच्चस्तरको रिजोल्यूशन भएको ड्यूल क्यामरा सिस्टम रहेको छ । यसमा २० मेगापिक्सेलको टेलिफोटो लेन्सका साथमा १६ मेगापिक्सेलको ड्यूल क्यामरा लेन्स रहेको छ, जसले सेन्सर र वस्तुहरुका बिचमा सहि दूरी कुनैपनि वातावरणमा तय गर्न सहयोग गर्दछ । यसमा ठूलो किसिमको अपार्चर रहेको छ, जसले तिब्रगतिमा फोटो खिच्न र दृश्यमा स्थीरता कायम गर्न सहयोग गर्दछ ।

पोट्रेट मोडमा, दुई वटा सेन्सरहरुले एक आपसमा काम गर्दछन र अनुहार तथा ब्याकग्राउण्डका बीचमा भेद छुट्याउँछ, जतिबेला कस्टम सफ्टवेयर अल्गोरिदमले वस्तुलाई स्पष्ट र आकर्षक बनाउँछ । यसको परिणाम डेप्थ अफ फिल्ड-बोकेह) इफेक्टले धुमिल ब्याकड्रपको अगाडि अनुहारलाई स्पष्ट बनाउँछ । अप्टिकल जूमका साथमा मल्टिफ्रेम टेक्नोलोजीले स्मार्ट क्याप्चरका लागि जूम गर्दा स्पष्टता दिन्छ, जब तिब्र अटोफोकसको प्रयोग ड्यूल क्यामरा सिस्टमले सटिक गणना गरेर अटोफोकसलाई ४० प्रतिशतसम्म बढाउन सक्दछ ।

यसको अल न्यू प्रो मोडले स्मार्टफोन प्रयोगकर्ताहरुलाई डिएसएलआरको जस्तै विशेषताहरु प्रदान गर्दछ, जस्तै आईएसओ, हृवाइट ब्यालेन्स, सटर स्पीड, फोकस र एक्सपोजर मोडिफिकेसनका साथ साथै अन स्क्रीन हिस्टोग्राम र तस्विर खिचेपछि एडिट गर्नका लागि पूर्ण नियन्त्रण गराउन आरएडब्लू इमेज फाइल सपोर्ट गर्दछ ।

पहिलो पटक वानप्लस ३ का साथमा सार्वजनिक गरिएको, ड्यास चार्ज विश्व बजारमा तिब्र गतिको चार्जिङ सलुसन हो ।यसले आधा घण्टाको चार्जमा नै पुरै एक दिनका लागि शक्ति प्रदान गर्दछ । पावर म्यानेजमेन्टलाई हृयाण्डसेटबाट एडप्टरमा स्थानान्तरण गरेपछि फोन चार्ज भईरहेको बेलामा पनि फोन तात्ने समस्या आउँदैन्, ड्यास चार्जले जीपीएस प्रयोग भईरहेको बेलामा वा उच्च ग्राफिक्स भएका गेमहरु खेलिरहेको बेलामा पनि तिब्ररुपमा फोनलाई चार्ज गर्दछ । यसमा भएको ३,३०० एमएएच ब्याट्रीले वानप्लस ३टीको भन्दा २० प्रतिशत अधिक शक्ति प्रदान गर्दछ ।

शक्तिशाली हार्डवेयर र बुद्धिमानी सफ्टवेयरको सहकार्यमा, वानप्लस ५ ले साँच्चिकै सहज स्मार्टफोनको अनुभव प्रदान गर्दछ ।
वानप्लस ५ ले क्वालकम स्न्यापड्रागन ८३५ प्लेटर्फमको उच्चतम फाईदा दिन्छ जसले ४० प्रतिशत कम उर्जामा पनि शक्तिशाली कार्यदक्षता कायम गर्दछ । ८ जीबीको एपीडिडिआर ४ एक्स र्यामका साथ, वानप्लस ५ ले ठूलो मात्रामा ब्याकग्राउण्डमा विभिन्न एप्स संचालन गर्न सकिन्छ ।

यसको यूएफएस २.१ र नयाँ टू लेन रोमको संयोजनमा २६ प्रतिशत तिब्र गतिको स्टोरेज क्षमता प्रदान गर्दछ, जसमा विभिन्न गेमहरु तथा एप्स न्स्टल गर्न वा संचालन गर्न सकिन्छ ।

वानप्लसको आफ्नै अपरेटिंग सिस्टम अक्सिजन ओएसले स्टकएन्ड्रोयडको आधारमूल कार्यहरुलाई विशेषताहरु तथा उच्चताका साथमा पुर्नपरिभाषित गर्दै यूजर एक्सपेरियन्सका लागि अतिरिक्त सुविधाहरु प्रदान गर्दछ । वानप्लस ५ मा भएको नयाँ अपडेटमा रिडिङ मोड पनि रहेको छ, जसले साँच्चिकै पुस्तक पढेको जस्तो सुविधा दिन एम्बिएन्ट सेन्सर र ग्रे स्केल म्यापिंग गर्दछ ।

गेमिङ डु नट डिस्टर्ब मोडलेबिना कुनै नोटिफिकेसन अथवा आकस्मिकरुपमा थिचिने हार्डवेयर बटनले हुने समस्यारहित भएर प्रयोगकर्ताहरुलाई उनीहरुको मनपर्ने गेम्सखेल्ने सुविधा दिन्छ । एप प्रायोरिटीका साथमा, वानप्लस ५ ले तपाईँको अधिक प्रयोग भएको एप्सलाई अतिरिक्त कार्यदक्षता सुधार गर्नका लागि लोड गर्दछ ।

वानप्लस ५ केमूडटकम, ओलीजस्टोर डटकम, खल्ती तथा देशभरीका रिटेल स्टोरहरुमा केबल रु ५९,४९९ मा उपलब्ध छ ।
कम्पनीको उद्देश्य भनेको आधिकारिक उत्पादन प्रदान गर्नुहो । ग्राहकहरुले आईहब डटएनपीमा लगइन गर्न र आईएमईआई नम्बर जाँचेर उत्पादन आधिकारिक हो वा होईन थाहा पाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment