Comments Add Comment

एयरपोर्ट जस्तै आर्यघाट, नाम छ ‘अन्तिम उडान मोक्ष यात्रा’

भारतमा एउटा यस्तो आर्यघाट छ जुन एयरपोर्टकै स्वरुपमा बनाइएको छ । उक्त आर्यघाटको नाम पनि अनौठो छ  अन्तिम उडान मोक्ष यात्रा ।

आर्यघाटको नाम सुन्दैमा सबैलाई झसंग हुन्छ । त्यहीँ डरलाई हटाउने कोसिस गरेका छन् भारत गुजराँतका सोमाभाइ पटेलले ।

उनले आफ्नो गृहराज्य गुजराँतको बारडोलीमा अनौठो आर्यघाटको निर्माण गरेका छन् ।

यो दुरुस्तै विमानस्थल जस्तो छ नाम पनि अन्तिम उडान मोक्ष यात्रा राखिएको छ । भारतमा यस्तो नाम र स्वरुपको यो एक्लो आर्यघाट हो ।

यो आर्यघाटमा हवाइ जहाजको स्वरुपका दुई विशाल मूर्ति राखिएको छ । जसको नाम हो मोक्ष एयरलाइन्स र स्वर्ग एयरलाइन्स ।

यो आर्यघाटको सबैभन्दा अनौठो कुरा के भने जब यहाँ अन्तिम संस्कार लागि शव पूराइन्छ तब एयरपोर्टको तर्फबाट त्यसको सूचना जारी गरिन्छ । कुन गेटबाट प्रवेश गर्ने भन्ने जानकारी दिइन्छ ।

यस आर्यघाटमा मृतकका परिवारजनलाई सान्त्वना दिन तथा ढाडस दिनका लागि समेत व्इवस्था गरिएको छ । आर्यघाट प्रवेशदेखि शवलाई जलाउने ठाउँसम्म पूराउने प्रक्रिया विमानस्थलमा प्रवेश देखि उडान सम्मको प्रक्रियाकै रुपमा हुन्छ ।

यो आर्यघाटमा पाँच वटा चितास्थल छन् । जसमा दुईवटा विद्युतीय शवदाह र दुईवटा दाउरा शवदाह । शवदाह भैरहेको बेला समेत हवाइजहाजको जस्तै आवाज निकालिन्छ । यो आर्यघाटमा करीब ४० गाउँका मानिसहरु अन्तिम संस्कारका लागि आउने गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment