Comments Add Comment

आतंकवादलाई निस्तेज पार्ने यु ट्युबको नयाँ काइदा

यु ट्युबमा विभिन्न खाले हिंसात्मक तथा आतंककारी गतिविधिका भिडियोहरु हेर्न नपाइने भएको छ । अब यस्ता भिडियोहरु हेर्न खोज्नेलाई यु ट्युबले त्यस्ता भिडियोको साटो आतंकवादलाई निरुत्साहित गर्ने खालका भिडियोहरु देखाइदिनेछ ।

यदि कसैले इस्लामिक स्टेट सँग आबद्ध हिंसात्मक भिडियो हेर्नका लागि यु ट्युबमा सर्च गर्यो भने यु ट्युबले त्यस्ता भिडियोको साटो आइएस तथा आतंकवादको भण्डाफोर गर्ने खालका भिडियोहरु देखाइदिनेछ ।

मानिसहरुलाई अतिवादमा फस्नबाट जोगाउन चाहेको यु ट्युबले जनाएको छ ।

अहिलेपनि आइएसको प्रोपोगान्डासँग सम्बन्धित भिडियोहरु यु ट्युबले अपलोड गर्नमा रोक लगाउने गरेको छ ।

ब्लग पोष्ट मार्फत यु ट्युबले आइएसका हिंसात्मक भिडियोका दर्शकहरुलाई आइएसको पर्दाफास गर्ने खालका भिडियोहरुमा रिडाइरेक्ट गर्ने आफ्नो भावी योजनाको खुलासा गरेको हो ।

त्यस्ता भिडियोहरुमा आइएस छाडेका लडाकुहरुले आइएस समूहको बारेमा बोलेका कुराहरु, आइएसले यातना दिइरहेको बेलामा एकजना वृद्धाले आइएस लडाकुहरुलाई इश्वरको बाटोमा र्फक भनेर भनिरहेको फुटेजयुक्त भिडियो, अतिवाद र हिंसालाई दुत्कार्ने इमामको भाषण तथा आइएस नियन्त्रित क्षेत्रमा मानिसहरुको अवस्था झल्काउने दृश्यहरु रहेका छन् । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment