Comments Add Comment

उद्योगी ब्यवसायीका लागि महासंघले सुरू गर्‍यो हटलाइन सेवा


८ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना सदस्यहरुका लागि आजदेखि हटलाइन सेवा सुरु गरेको छ । महासंघकी अध्यक्ष भवानी राणाले नयाँ कार्यसमितिले काम सुरू गरेको १०० दिन पुगेकाे अवसरमा हटलाइन टेलिफोन सेवा १६६००१०००१८ को शुभारम्भ गरिन् ।

यो हटलाईनमा देशभारबाट उद्योगी ब्यवसायीले आफ्ना समस्या, गुनासा र सुझाव टिपाउन सक्नेछन् । त्यसलाई समाधान गर्न महासंघले सहजीकारण गर्ने जनाएको छ ।

अध्यक्ष राणाले उद्योगी, व्यवसायी र संघका सदस्यका सुझाव तथा समस्या एवं अन्य जानकारीको तत्काल समाधान र अभिलेख राख्ने उद्देश्यबाट हटलाइन सेवा सुरु गरेको बताइन् । सिधासम्पर्क सेवा हाल १० बजेदेखि ५ बजेसम्म गर्न सकिन्छ ।

राणा महासंघको ५१ औँ महाधिवेशनबाट २०७३ चैत २९ गते अध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । राणले कार्यकालको तीन महिनामा महासंघको संस्थागत विकासमा विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गरेको बताइन् ।

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले आयात, निर्यात व्यापार प्रवद्र्धनमा अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग र नेपाली श्रमिकको रोजगारका विषयमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का प्रतिनिधिसँग छलफल भएको धारणा राखे।


महासंघले हालसालै चीनमा सम्पन्न पुनःनिर्माण र लगानीसम्बन्धी कुन्मिङ् सम्मेलनमा सहभागिता जनाएको थियो । संघले प्रदेश १ र २ मा समृद्ध परियोजना सञ्चालनमा ल्याउने भएको छ ।

विशेष गरी विदेशबाट प्राप्त विप्रेषण (रेमिट्यान्स) साना तथा मझौला व्यवसायमा लगानी गर्न उद्योगी तथा व्यवसायीलाई उत्साही गर्न सो परियोजना सञ्चालनमा ल्याउन लागको सो अवसरमा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment